हाम्रो विद्यालय (कविता) : कुशल पौडेल
हाम्रो विद्यालय कति राम्रो हाम्रो स्कुल यो ठाउँमा पाउनु राम्रो शिक्षा पाउने भए युनिभर्सल आउनु धुम्बाराही ठाउँमा ठुलो स्कुल यही हो यहि स्कुलमा पढेकोले अनुसासित भइयो । अति सुन्दर बस्ति यहाँ रमाइलो छ ठाउँ अब पढ्न सबै हामी युनिभर्सल जाउँ हजुरहरुलाइ यो स्कुलको नियम भन्नुपर्दा विद्यार्थीलाई राम्रो हुन्छ नियम पालन गर्दा । कपाल पनि दुईइन्च भन्दा ठुलो हुनुहुन्न विद्यार्थीले बुझीबुझी यसो गर्नुहुन्न आउट ड्रेस लगाएर स्कुल आउन पाइन्न विकृति र विसंगतको कुराहरु चाहिन्न । कोहीकोही विद्यार्थीको खुब हुन्छ बानी चुइगम र चकलेटहरु लुकीलुकी खानी यसो गर्नु राम्रो हुन्न विद्यार्थी जीवनमा कति रिस उठ्दो होला सरहरुको मनमा । यस्ता पनि विद्यार्थी छन् ड्रेसबिना आउने धेरै जसो छात्रहरु तल पाइन्ट लाउने स्वोर्ग भन्दा राम्रो छ है धुम्बाराही ठाउँ अर्को जुनी पाउने भए यहि पढ्न पाउँ । ।