हाम्रो विद्यालय (कविता) : कुशल पौडेल

हाम्रो विद्यालय

 

 

कति राम्रो हाम्रो स्कुल यो ठाउँमा पाउनु


राम्रो शिक्षा पाउने भए युनिभर्सल आउनु


धुम्बाराही ठाउँमा ठुलो स्कुल यही हो


यहि स्कुलमा पढेकोले अनुसासित भइयो ।

 



अति सुन्दर बस्ति यहाँ रमाइलो छ ठाउँ


अब पढ्न सबै हामी युनिभर्सल जाउँ


हजुरहरुलाइ यो स्कुलको नियम भन्नुपर्दा


विद्यार्थीलाई राम्रो हुन्छ नियम पालन गर्दा ।

 


कपाल पनि दुईइन्च भन्दा ठुलो हुनुहुन्न


विद्यार्थीले बुझीबुझी यसो गर्नुहुन्न


आउट ड्रेस लगाएर स्कुल आउन पाइन्न


विकृति र विसंगतको कुराहरु चाहिन्न ।

 



कोहीकोही विद्यार्थीको खुब हुन्छ बानी


चुइगम र चकलेटहरु लुकीलुकी खानी


यसो गर्नु राम्रो हुन्न विद्यार्थी जीवनमा


कति रिस उठ्दो होला सरहरुको मनमा ।

 



यस्ता पनि विद्यार्थी  छन् ड्रेसबिना आउने


धेरै जसो छात्रहरु तल पाइन्ट लाउने


स्वोर्ग भन्दा राम्रो छ है धुम्बाराही ठाउँ


अर्को जुनी पाउने भए यहि पढ्न पाउँ ।

Comments

Popular posts from this blog

हिमालयको देश नेपाल: गीता ढकाल, कक्षा: ७

Fables: Shrawan Kharel, Class: 8

मेरो देश: विज्ञा कार्की, कक्षा: ६